काँग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् ।

भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरेका थिए । हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।