‘गठबन्धनकै सरकार बनाउन लागिपरेका छौं, एमालेसँग सहकार्यको तयारी छैन’ -देव गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकार गठनको लागि सत्ता गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पारेको छ । 

शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महासचिव देव गुरुङले अहिले आफूहरु  गठबन्धनमै छलफलमा रहेको र एमालेसँग तालमेल गरेर सरकारमा जानेबारे कुनै छलफल नभएको बताएका हुन् । 

‘हामी जुन गठबन्धनबाट यहाँसम्म आएका छौं, त्यही गठबन्धनबाट अगाडि बढ्ने हो, अहिले अन्य गठबन्धन बनाउनेबारे सोचेका छैनौं ।’  उनले भने । अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने उनको भनाई थियो । 

साथै महासचिव गुरुङले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । उनका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।