अर्जेन्टिना क्वाटरफाइलनमा, अष्ट्रेलियाको विश्वकप यात्रा टुगिंयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण एशियाली टोली अष्ट्रेलियाले नकआउट चरणबाटै कतार विश्वकपको यात्रा टुङ्ग्याएको छ। 

अहलम बिन अली स्टेडियममा शनिबार मध्यराति भएको खेलमा अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै अष्ट्रेलियाले विश्वकपको यात्रा सक्काएको हो। अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

अन्तिम १६ को खेलमा कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा टिमका लागि पहिलो गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनले ३५ औ मिनेटमा आकर्षक गोल गरेका थिए।

पहिलो हाफको ३५ औँ मिनेटमा अष्ट्रेलिया अर्जेन्टिनासँग १–० ले पछि परेको थियो। ५७ औँ मिनेटमा जुलियन अल्भारेजको गोलमा २–० ले पछि परेको अष्ट्रेलिया ७७ औँ मिनेटमा इन्जो फर्नान्डेजको उपहार गोलमा २–१ को अवस्थामा पुगेको थियो। 

समुह चरणमा डेनर्माक र ट्युनिसियालाई पराजित गरेको अष्ट्रेलिया नकआउट चरणमा भने खासै खुलेर खेल्न सकेन। विश्वकपमा बलियो टोली अर्जेन्टिनाविरुद्ध निहिर बनेको अष्ट्रेलियाको १६ वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना अधुरै रहेको हो। 

अष्ट्रेलिया सन् २००६ पछि पहिलोपटक अन्तिम १६ बाट बाहिरिएको हो। छैटौँपटक विश्वकप खेलेको अष्ट्रेलियाको विश्वकपमा उत्कृष्ट नतिजा भनेकै २००६ र २०२२ मा नकआउट चरण पुग्नु हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।