सरकार गठनमा सबै विकल्प खुला छ:उपाध्यक्ष महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।

उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए । बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।

बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए । राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।