समानुपातिक ‘अपडेट’ : एमालेको अग्रता कायमै, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न हम्मेहम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

हालसम्मको विवरणअनुसार नेकपा (एमाले) ले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार पाँच सय ९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ। 

नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार सात सय ८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ। 

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।