नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता भएको स्रोतले जनाएको छ । 

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।