निर्वाचनपछि ‘फ्रेस’ हुन सुकुटे पुगे प्रचण्ड,सुनकोसीमा र्‍याफ्टिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् ।

सभामुख सापकोटा पार्टीमा नजिकका विश्वासपात्र हुन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्‍याफ्टिङ्ग पनि गरेका छन् । दाहाल सुकुटे स्थित सुकुटेबीच रिसोर्टमा बसेका छन्। अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।