दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप फुटबलमा घानाले रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गरेको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए। 

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे। उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे। त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे। 

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ। यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ। घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो। दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।