राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन्। उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन्। 

नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।