समानुपातिकमा एमालेले कटायो एक लाख मत, घण्टीभन्दा माओवादी पछाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १३ हजार ४४६ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ९७ हजार ८२ मत प्राप्त गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४९ हजार २९ मतसहित तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४१ हजार ८२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार ८२१ मत ल्याएको छ। अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ९ हजार १९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। जनमत पार्टीले ८४८४ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ६०५९, नेपाल मजदुर किसान पार्टीले ५६७१, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ७४०३ ले मत पाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।