जनताको मूलभूत समस्या समाधान गर्छु: विनोद चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आज आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताए ।

“नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ”, चौधरीले भने, “यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।