बसन्तपुरमा राप्रपाको आमसभा : मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ। बसन्तपुरमा आज दिउँसो १ बजे आमसभा सुरू पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।

यस्तै बलिउड अभिनेत्रीसमेत रहेकी मनिषा कोइरालाले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि सम्बोधन गर्ने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।