सत्ता गठबन्धनले जिते मात्रै नागरिकता समस्या हल : नेता निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन्। बिहीबार कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले सत्ता सहयात्री उम्मेदवारलाई भोट हालेर गठबन्धनलाई  निरन्तरता दिनुपर्ने बताए।

४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्या सधैंका लागि समाधान गर्ने उनको दाबी छ। नेता निधिले चुनावमा एमाले नेतृत्वको गठबन्धन बलियो भए नागरिकता समस्या कहिल्यै हल नहुने उल्लेख गरे।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्वराज्यमन्त्री कलावती पासवान, पूर्वसांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।