५ वर्षभित्र गोरखाका सबै सडक कालोपत्रे गरिदिने प्रचण्ड वाचा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्र गोरखाका सबै कच्ची सडक कालोपत्रे गरिने वाचा गरेका छन्। प्रचण्ड गोरखा–२ मा सत्ता गठबन्धनका उम्मेदवार हुन्।

धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ–गाउँ पुगेकाले अबको ५ वर्षभित्र ती सडक कालोपत्रे गरिछाडन् उनले प्रतिबद्धता जनाए।

बुधबार भच्चेकमा भएको कोणसभामा प्रचण्डले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने बताए। आफूलाई चुनावबाट जितेर काठमाडौं पठाए सिंगो गोरखाको विकास निर्माणमा ध्यान दिने उनको भनाइ छ। ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे।

कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको सुनाए। ‘राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने अब व्यवस्थामाथि नै प्रश्न उठ्न सक्छ। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो,’ उनले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।