काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसीहरूलाई डेमोक्रेसी शब्द मन परेपनि व्यवहार मननपर्ने बताएका छन्।
शनिबार प्रवसी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसलाई डेमोक्रेसी शब्दमात्रै मन परेको बताए।
‘कांग्रेसलाई डेमोक्रेसी शब्द मनपर्छ, व्यवहार मनपर्दैन। कांग्रेसले डेमोक्रेसी भन्ने शब्द भनिरहन्छ। तर व्यवहार गर्दैन,’ उनले भने, ‘सम्मेलन हुन थाल्यो भने कुर्सी हान्छ। त्यहाँ त विचारको मनथन हुनपर्थ्यो होला, छलफल हुनुपर्थ्यो होला नी। कुर्सी हानाहान हुन्छ।’
यस्तै सरकारमा हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिल्यै समर्थन नगरेको बताए।
‘सरकारमा हुँदा सरकारको पक्षमा कहिल्यै एक शब्दमा पनि समर्थन गरेनन्। पार्टीको पक्षमा बोलेनन्। लिडरसिपको पक्षमा बोलेनन्, पार्टीको पोलिसीको पक्षमा बोलेनन्,’ उनले भने।
Comment