बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन्। 

परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बाराको समृद्धिका लागि आफूले नेतृत्व लिने बताएका हुन्।  

वाम लोकतान्त्रिक गठबन्धनबाट बारा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजना आफूले अघि बढाउने प्रतिवद्धता जनाए। 

करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्‍याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना रहेको उनले सुनाए। 

त्यस अवसरमा एमाले नेता रामेश्वर पटेल नेतृत्वमा ३ सयजना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका बताइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।