कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै तयार पारेको घोषणापत्र आज बिहान साढे १० बजे सार्वजनिक गर्दैछ।

उक्त घोषणा पत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच शनिबार बिहान साढे १० बजे सार्वजनिक गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

उक्त घोषणापत्र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपाबाट सार्वजनिक गर्ने पौडेलले बताएका छन्।

यसअघि कांग्रेसले गत आइतबार साँझ ५ बजे ‘डिजिटल’ घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो। तर, सभापति देउवा काठमाडौं बाहिर रहेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो। 

त्यसपछि सोमबार बिहान साढे १० बजे घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।