मन्त्री चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

एक अनलाइन सञ्चारमाध्यममा मन्त्री चौधरीले चामल बाँडेको समाचारलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।

‘मिति २०७९ असोज २९ गते को नेपाल प्रेसमा प्रकाशित ‘चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी’ भन्ने शीर्षकको समाचार र सोही विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति आयोगको ध्यानाकर्षण भएकोले देहायका विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको छ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।