आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची टुंग्याउने अन्तिम कसरत गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ। 

जसमा  प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।

उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको 

त्यस्तै विमलेन्द्र निधिलाई मधेसी कोटाबाट सूचीमा राखिएको छ। उनले सुरुवातदेखि नै समानुपातिक सूचीमा बस्ने इच्छा राखेका थिए। सोही अनुसार उनलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको थिएन।

२०७४ को निर्वाचनमा निधि धनुषा-३ बाट पराजित भएका थिए। राजपा (हाल लोसपा) का उम्मेदवार राजेन्द्र महतोले ३० हजार ७५० मत पाउँदा कांग्रेस उम्मेदवार निधिले २७ हजार ८४७ मत मात्रै पाएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।