काठमाडाैँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ।
माओवादी केन्द्रीय कार्यालयमा केहीबेरमा पदाधिकारी बैठक बस्न लागेको छ। पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
माओवादीको स्थानीय तहको समिति हुँदै जिल्लाबाट प्रदेशमा पठाइएको सिफारिश केन्द्रमा पुगेको छ। मातहतका समितिले पठाएको सिफारिशकै आधारमा माओवादी पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने जनाइएको छ।




Comment