एमाले सचिवालय बैठक आज पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे पुनः बस्ने गरी बोलाइएको हो ।

यसअघि शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले सचिवालय बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए । बैठकले पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।