काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।
Comment