मौसम पूर्वानुमान : कस्तो रहला देशभरको मौसम?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । उनका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

मौसमविद्का अनुसार आज देशभर नै पानी  पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।