प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्ने छ। 

आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

 ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।