राष्ट्रिय सभा बैठक बुधबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । 

त्यस्तै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९” लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । 

विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” सम्बन्धी  विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।