यू-१७ साफ : श्रीलंकाविरुद्ध नेपालको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रीलंकामा जारी यू १७ साफ च्याम्पियनसिपमा नेपालले सोमबार राति सानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ। कोलम्बोमा सम्पन्न भएको खेलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने भएको छ। सिंगल राउन्ड रोबिन शैलीमा भएको प्रतियागिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा श्रीलंकालाई हराएसँगै नेपालले फाइनलको यात्रा तय गरेको हो।

यता भारतले चाहिँ बंगलादेशलाई २–१ ले हराएपछि नेपालसँगै भारतले पनि फाइनलमा स्थान बनाएको हो। यता नेपालले गएको शुक्रबार भने भारतलाई ३–१ ले हराएको थियो।

गएरातिको खेलमा नेपालका स्किपर प्रकाश लक्समले खेलको २२औं मिनेटमै पेनाल्टीको सहयातामा अग्रता बनाएका थिए। हरिश राज भट्टले त्यो अग्रता २४औं मिनेटमै दोब्बर पारे। बमले खेलको ३१औं मिनेटमै नेपाललाई तीन गोलको अग्रता दिलाएका थिए।

पहिलो हाफमा सानदार प्रदर्शन गरेको नेपालले श्रीलंकाको डिफेन्डर र गोलकिपरबीच बुझाइमा भएको गल्तीको फाइदा उठाउँदै ३८ मिनेटमा अर्को गोल गरेको थियो। निरज कार्कीले गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए। 

दोस्रो हाफमा पनि श्रीलंकाकै गल्तीले नेपाली खेलाडी उनेस बुढाथोकीले गोल गरे भने सिजल राईले अन्तिम मिनेटमा गोल गरे। यससँगै नेपालले ६–० को सानदार जित निकालेको हो। अब फाइनल खेल सेप्टेम्बर १४ मा  हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।