थप १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको २ हजार ६ सय पिसिआर परिक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।