ओली भन्छन् :देशलाई समृद्ध बनाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्। 

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।

उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको बिकास हुने बताए। आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनल बताए। अध्यक्ष ओलीले अहिलेको निर्वाचन समान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे। 

उनले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गरे। 

ओलीले अवको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।