काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएका ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।
स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । ति बालिका ईएनटी सम्वन्धी विरामी हुन् ।
कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालमा चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ ।
अस्पतालले यसबारेमा अधिकारिक धारणा राखिसकेको छैन् । अस्पतालका निर्देशक प्रा. डा. प्रेम खड्गाले त्यहि विषयमा बैठक हुँदै गरेको र केही बेरमा आधिकारिक जानकारी दिने बताए ।
Comment