काठमाडौं । काठमाडौंमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।

Comment