काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज मङ्गलवार बस्दैछ ।
हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि पुनः बैठक बस्दै छ। बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो।
संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए।
Comment