कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूहले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

कार्यालयका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एनजी प्राप्त गर्न वा सद्धान्तिक तर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेड वृद्धि परिक्षामा सहभाी हनु पाउन गरी परीक्षा सञ्चालन हुन लागेको हो ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क ६०० बुझाउनु पर्नेछ। उक्त अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षा शुल्क बुझाउनुपर्नेछ। त्यसपछि असोज २५ गतेभित्र कार्यालय समयमा आफूले जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।