समायोजन भएका स्वास्थ्य कर्मचारीको तलब स्थानीय तहबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न परिपत्र गरेको छ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै शुरु समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न आग्रह गरेका छन्।

पत्रमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ।

यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलबभत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत गराइएको छ।

मन्त्रालयले समायोजन मिलान मापदण्डानुसार समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाल आएर फिर्ता पठाउने गरेको निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।