नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समितिले सफाईदिएसँगै उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

सपथलगत्तै उनले आजै अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।