एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ : परराष्ट्रमन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकालाई एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले साउन ९ गते नै कुटनीतिक माध्यमबाट लिखित पत्र पठाइसकिएको जानकारी दिएका हुन्  । 

‘साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,’ उनले भने । उनले २०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको बताए।

‘यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको छ’ ,उनले भने, ‘एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ। सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।