अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल भ्रमणमा आएका छन्। लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरे। 

यसअघि गत मंसिरमा नेपाल भ्रमण गरिसकेका लू दुई दिनसम्म नेपालमा रहने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ। नेपाल बसाइँका क्रममा लूले राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन्। काठमाडांैंस्थित अमेरिकी दूतावासले लूको भ्रमणलाई नियमित भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।