२२४ जिल्ला न्यायाधीशको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबारको परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।