काठमाडौं। संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतिले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो ।
Comment