काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आइतबारको संसद बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन छलफलका लागि पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी कारागार विधेयक, २०७६ पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
Comment