माओवादीकै जोडबलमा अंगीकृत नागरिकता विधेयक संसदमा आएको हो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अंगीकृत नागरिकता विधेयक आफ्नै पार्टीको जोडबलमा पारित भएको दाबी गरेका छन्। विधेयक पारित भएपछि ६/७ नागरिकताविहीन युवाले नागरिकता पाउने उनले बताए। नागरिकतासम्बन्धी समस्या आफ्नै पार्टीले समाधान गरेको दाहालको दाबी छ।

सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी दाहालले भने, ‘झन्डै ६/७ लाख युवा नागरिकताविहीन भएको अवस्था थियो। यही मधेस प्रदेशमा आएर केही महिना पहिला भनेको थिएँ, अंगीकृत नागरिकता विधेयक पास गर्छाैं भनेर।’

शुक्रबार मात्रै संघीय संसदअन्तर्गत प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।