राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।

आज दिउसो १ बजे धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। केन्द्रीय कार्यसमितिको बैठक आज र भोलि चल्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रमबारे छलफल हुने भएको छ।

त्यस्तै, आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा पनि छलफल गरी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।