क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन्। पुबुदुले बुधबार व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्। बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरे।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन्। क्यानले गत मंसिरमा पुबुदुलाई मुख्य प्रशिक्षकमा दोस्रो पटक नियुक्त गरेको थियो। 

यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक थिए। उनको पहिलो कार्यकाल सफल मानिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।