यू–२० साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आसन्न यू–२० साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि सोमबार प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

नेपालले उद्घाटन खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्त २ मा खेल्नेछ। 

राउन्ड रोविन लिगका आधारमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

नेपाली यू–२० टोली

गोलकिपर– ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख

रक्षक– अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा

मिडफिल्डर– दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड– दीपेश राई, निराजन मल्ल, रोशन खड्गी।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।