प्रधानमन्त्री देउवाको स्पष्टीकरण : अहिले हतियार किन्ने कुनै योजना छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन्न लागेको भन्दै प्रश्न उठाएका थिए ।

गोपालमान श्रेष्ठ र अर्जुनरसिंह कसीलगायतले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको स्पष्ट पारे ।

सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न लागेको भन्दै केही दिनअघि संसद्मा प्रतिपक्षी एमालेका सांसदले चर्को विरोध गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।