बाहिर कार्यकर्ताको नाराबाजी, भित्र कांग्रेस केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता शेखर कोइराला पक्षका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

केन्द्रीय समिति बैठकअघि उनीहरुले विधान पूर्णपालनाको माग गर्दै प्रदर्शनसहित नाराबाजी गरेका हुन्। प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्दै नारा लगाएका थिए ।

उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली कांग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् ।

प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघ लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।