नामिबियासँग भिड्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ।

लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखला आज दोस्रो खेल हुन लागेको हो। स्कटल्यान्डमा हुने श्रृंखलाको दोस्रोे खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपाल र नामिबियाको खेल आज दिउसो ३ः१५ बजे शुरु हुनेछ।

लिग-२ मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर रहेको छ। नेपालले १६ खेलबाट १५ अंक बटुलेको छ भने नामिबियाले १५ खेलबाट १४ अंक जोडेको छ।

आइतबार भएको पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।