अर्थमन्त्री शर्माको गतिविधि प्रधानमन्त्रीले निगरानी गरिरहनु भएको छ : प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

मंगलबार सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता महतले बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला त्यसबारे सत्यतथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताएका हुन् ।

डा. महतले बजेट निर्माणको विषयमा प्रधानमन्त्रीले सुक्ष्म निगरानी गरिरहेको बताए । उनले भने- ‘सबै कुरा बोलेर समाधान हुँदैन, त्यस्तो मान्यता पनि राख्नुहुँदैन । कतिपय कुरा नेताहरूबीचको छलफल गरेर टुंग्याउनुपर्ने विषय पनि हुन्छन् । अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, त्यो के विषय हो ? विस्तारै बाहिर आउँला । बिस्तारै यो विषयले पनि निकास पाउँछ ।’

उनले अहिले काँग्रेसमा यस विषयमा छलफल नभएको बताए । उनले कसैले कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्ने बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।