कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै आगामी असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टी  केन्द्रीय कार्यसमिति बैठक बोलाएको  हो । बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा लगायतमा छलफल हुने कांग्रेसले जनाएको छ ।

बैैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।