कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन्।

दुवै जना आज बिहान ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। प्रमुख आयुक्त दिनेशप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने महामन्त्री शर्माले जानकारी दिए।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पमि मताधिकारको व्यवस्था गर्नका लागि कानून निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। त्यहि विषयलाई लिएर महामन्त्रीद्वय थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।

आज प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागिएको शर्माले बताए। आउँदो संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका लागि आयोगसँग आग्रह गरिने उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।