मन्त्री प्रेम आलेलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रतिनिधि सभाको आचरण अनुगमन समितिमा उजुरी परेको छ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुप भट्टराई तथा कानूनकी विद्यार्थी रेजिना पौडेलले आइतबार आचरण अनुगमन समितिमा उजुरी दिएका हुन्। उनीहरूले मन्त्री आलेको अडियो परीक्षण गरी कारबाहीका लागि सिफारिश गर्न माग गरेका छन्।

उजुरीमा भनिएको छ, “सांसद आलेज्यूको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिश गर्न अनुरोध गर्दछौं।”

मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष प्रदीप अधिकारीलाई हप्काउँदै अश्लील शब्द प्रयोग गरेको अडियो असार ३ गते सार्वजनिक भएको थियो। उनले अध्यक्ष अधिकारीमाथि हातपात गरेको समेत आरोप लागेको थियो। मन्त्री आलेको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी कुनै पनि कर्मचारीमाथि हातपात नगरिएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।